अझै राष्ट्र बैंक पुगेन २ सिफ्टमा बैंक संचालन गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 02:38:39 PM मा प्रकाशित

laxmi  sunrise bank

२ सिफ्टमा बैंक तथा वित्तीय संस्था संचालन गर्ने सरकारको निर्णय अझै राष्ट्र बैंकमा नपुगेको पाईएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख देव कुमार ढकालले अर्थ मन्त्रालयबाट अझै त्यस बारेको पत्र आईनसकेको बताए । २ सिफ्टमा बैंक संचालन गर्ने तयारी बारे जिज्ञासा राख्दा उनले मन्त्रालयबाट अझै त्यसबारेको निर्णय आईनसकेको बताए । उनले आज बेलुकासम्म मन्त्रालयबाट निर्णय सहितको पत्र आउने र सोहि अनुसार राष्ट्र बैंकले आवश्यक ब्यबस्था गर्ने बताए । उनले भने ' आज बेलुकासम्म मन्त्रालयबाट पत्र आउँछ, पत्र आएको १ घण्टा भित्र नै राष्ट्र बैंकले नयाँ ब्यबस्थाबारेको निर्देशन जारी गर्छ ।' 

सरकारले असार १ गतेबाट लागु हुने गरी उल्लेखित कार्यालयहरु  पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो सिफ्ट १ बजेदेखि ६ बजेसम्म संचालन गर्ने तयारी गरेको हो  बैंकहरु भने २ सिफ्टमा कार्यालय संचालन गर्दा खर्च बढ्ने बताउदै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved