बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बैंक खोल्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 04:14:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले सेवाग्राहीको चाप मूल्यांकन गरी बढी भिडभाड हुने स्थानमा सिफ्ट  अनुसार काम गर्ने गरी बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने सुनिश्चितता गर्न निर्देशन दिएको हो।

अन्य स्थानमा भने साविक कै अनुसार सेवा दिन भनिएको छ  ।  त्यस्तै राष्ट्र बैंकले बढी भिडभाड नहुने गरी  दुरी कायम हुने गरि ग्राहक लामबद्ध हुने ब्यबस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै बैंकहरुलाई विद्युतीय माध्यमबाट हुने कारोबार प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

त्यस्तै राष्ट्र बैंकले सम्भावित कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षा उपाय अपनाउन पनि निर्देशन दिएको छ । 

यस्तो छ राष्ट्र बैंकको निर्देशन : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved