बैंकर श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 05:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको मुद्दा दायर भएको छ। उनले गैरकानुनी रुपमा सम्पत्ति  आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले  विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

विभागले उनीसँग बिगो र बिगोको दोब्बर जरिवाना माग गरेको छ भने ५ वर्षसम्मको कैद सजाय माग गरेको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्षसमेत रहेका श्रेष्ठले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर दुरुपयोग गरेको विभागले जनाएको छ । 

श्रेष्ठ विरुद्ध यसअघि बैंकिङ कसुरमा मुद्दा दायर भएको थियो। उनले   नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा करिब दुई अर्ब घोटाला गरेको यसअघि भएको अनुसन्धानले पुष्टि गरेको थियो । उनले  सर्वसाधारणको निक्षेपसमेत छल पूर्वक आफ्ना खातामा पठाउने गरेको खुलेको थियो । यहि कारण  राष्ट्र बैंकले यो कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो । 

यस अघि बैंकिङ  कसुर मुद्दामा उनलाई सर्वोच्च अदालतले २०७१ असार १२ गते  ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved