बैंकलाई ब्रोकर लाईसेन्सको लागि पहल गरिदिन राष्ट्र बैंकलाई आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 04:09:52 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स दिन माग गरेको छ । मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंक समक्ष  सुझाव दिदै संघले बैंकलाई ब्रोकर लाईसेन्स दिनको लागि पहल गरिदिन आग्रह गरेको हो  ।

कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएका र नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागि केही बैंकहरुले पनि सहायक कम्पनीहरु समेत खोली सकेको अवस्थामा लाईसेन्सको लागि पहल गरिदिन संघले आग्रह गरेको हो । सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत ग्रामिण क्षेत्रमा पनि पुंजी बजारलाई विस्तार गर्न सक्ने भन्दै बैंकले लाईसेन्स माग गरेको हो ।

आफ्नो सुझावमा संघले भनेको छ ' वाणिज्य बैंकका सहायक कम्पनीले हाल ब्रोकर लाइसेन्स पाउन नसकेको अवस्था छ । यसका लागि तहाँबाट समेत पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने देखिन्छ।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved