सनराइज बैंकद्वारा वेद विद्याश्रमलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2020 | 03:40:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्याश्रमलाइ दुइ लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो । 

शनिबार बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा उक्त रकम बराबरको चेकका साथै पूजासामग्री र खाद्य सामग्री मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका थिए ।

देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा  त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भए अनुसार बैंकले उक्त सहयोग गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved