साउन ११ गतेसम्म लाभांश लिईसक्न कृषि विकास बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 09:01:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited ले ५ बर्षभन्दा पुरानो लाभांश रकम लिन आउँन आग्रह गरेको छ । अझै पनि केहि लगानीकर्ता वा निजहरुको हकवाला यी लाभंश लिन बाँकि रहेकोले आगामी साउन ११ गतेसम्म लाभांश पुर्जा लिई लाभांश लिन बैंकले आग्रह गरेको हो 

बैंकले लाभांश पुर्जा लिनको लागि बैंकको शेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ । क्यापिटलमा सम्पर्क गर्न असमर्थ लगानीकर्ताहरुले बैंकको कुनै पनि शाखा मार्फत आवेदन दिई लाभांश पुर्जा लिन सकिने बैंकले जनाएको छ 

साउन ११ सम्मपनि लाभांश लिन नआएमा उक्त रकम कम्पनी रजिस्ट्रार कार्यालयको लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले प्रष्ट पारेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved