लक्ष्मी बैंकले विदेशबाट ल्यायो २ अर्ब बढी ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 07:38:51 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited ले विदेशबाट २ अर्ब बढीको ऋण ल्याएको छ । बैंकले दुबईको दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर अर्थात २ अर्ब ४३ करोड रुपैयाँको बैदेशिक ऋण ल्याएको हो। 

ऋण सम्बन्धी सम्झौतामा २ बैंकबीच गत बैशाख १५ गते हस्ताक्षर भएको थियो । बैंकले ३ वर्षका लागि  बैदेशिक मुद्रामा उक्त ऋण ल्याएको हो।

यो रकम प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न प्रयोग गर्ने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved