सानिमाले ल्यायो बैंकिङ्ग क्षेत्र कै पहिलो अपाङ्गतामैत्री वेबसाइट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 07:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेबसाइटको शुरुवात गरेको छ । उक्त वेबसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि उपयोगी हुने बैंकले जनाएको छ  । 

वेबसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास लिएको बैंकल जनाएको छ । बैंकले वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्याउने प्रयास गरेको छ । 

बैंकले देशभरका सातै प्रदेशबाट ७९ शाखा, ७ वटा बिस्तारित काउन्टर तथा ८१ एटिएम मार्फत् सेवा प्रदानगर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved