बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 05:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले मृत्युदावी रकम भुक्तानी गरेको छ । बैंकले बिओके सुपर तलब खाता अन्तर्गत मृत्युदावी रकम सात लाख रुपैयाँ भुक्तानी गरेको हो । 

बिओके सुपर तलब खाताबाहक ग्राहक नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीका कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा मृतकका परीवारलाई मृत्युदावी भुक्तानी गरेको बैंकले जनाएको छ । 

मृतकका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले बीमा दाबी रकम सात लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त कम्पनीले बैंकको हेटौंडा शाखामा कर्मचारीको खाता संचालन गर्दै आईरहेको थियो । साथै, बैंकले उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनीको सहकार्यमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

बैंकले उक्त खाता अन्तर्गत सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा उपलब्ध गराउर्दै आएको छ । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved