नबिल बैंकका शाखाहरुले पाए घरभाडा छुट, खर्च बढ्ने काम नगर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 02:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका सुदुरपश्चिम शाखाहरुले लकडाउनको अवधिमा तीन महिनासम्मको घरभाडा छुट पाएका छन्। संचालक समितिले व्यवस्थापनलाई खर्च कटौती गर्न तिब्र दबाब दिएपछि बैकका सीईओ अनिल केशरी शाहले दिएको निर्देशन अनुसार शाखा प्रबन्धकले गरेको आग्रहमा त्यहाँका घरबेटीले बैंकलाई भाडाछुट दिएका हुन्। 

सुदुरपश्चिमका ५ वटा शाखाले तीन महिनाको लागि ४० देखि ५० प्रतिशतसम्म घरभाडा छुट पाएको स्रोतको भनाई छ। ५ वटा शाखाले भाडा छुट पाएपछि  सुदूरपश्चिमका अन्य शाखामा पनि भाडा छुट गराउन दबाब परेको छ। सुदुरपश्चिममा नबिल बैंकका १२ वटा शाखा संचालनमा छन्। 

५ शाखाले घरभाडा छुट पाउने भएपछि आफुहरुलिई पनि भाडा छुटको लागि पहल गर्न धेरै दबाब आई रहेको  सुदुरपश्चिमका एक शाखा प्रमुखले बिजपाटीलाई बताए। त्यस्तै बैंकले घरभाडा छुट माग्न शाखा प्रमुखलाई लिखित निर्देशन दिएयता प्रदेश ३ र  २ को शाखाले पनि ४० प्रतिशतसम्म भाडा छुट गराएका छन्।  

यो पनि: अर्बपति बिनोद चौधरीको बैंकले दियो घर भाडा छुट माग्न निर्देशन

ग्रामिण भेगका सोझा साझा घरबेटीलाई प्रभावमा पारेर उनीहरुले घरभाडा छुट गराउन सफल भएपनि शहरका शाखामा यो अवस्था नरहेको बैक स्रोतको दाबि छ।

गाउँका शाखाले मासिक २० हजारको रुपमा घरभाडा छुट गराएपनि शहरको सन्दर्भमा फरक अवस्था रहेको ति शाखा प्रमुखले बताए।गाउँमा शाखाको महिनाको २०-४० हजार भएपनि शहरमा ३-४ लाख हुन्छ, बैकको निर्देशन देखाएर घर भाडा छुट माग्दा घरबेटीले आफ्नो ऋणमा बैक छुट दिनुपर्ने सर्त अगाडी सार्ने गरेको उनको भोगाई छ। 

अन्य बैंक वित्तीय संस्थाले खर्च कटौती गर्न खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएपनि नाफा तथा अन्य सूचकमा समेत अग्रणी अवस्था रहेको नबिल बैंकले शाखाहरुको भाडा छुट लिन निर्देशन जारि गरेको छ।  

बैंकले शाखा कार्यालय रहेको स्थानको लागि मात्र नभई एटिएम रहेको स्थानको र होर्डिङ बोर्डको समेत भाडा छुटको लागि आग्रह गर्न निर्देशन दिएको पाइएको छ।त्यस्तै बैंकले कम गरिएको भाडादरलाई ३ बर्षसम्म परिवर्तन नगर्नको लागि पनि आग्रह गर्न भनेको थियो । 

खर्च कटौती गर्नलाई भाडा छुट माग्न निर्देशन दिएपनि नबिल बैंकले पछिल्लो समय अन्य बैंकहरुबाट कर्मचारी तान्ने कामलाई जारि नै राखेको छ। ट्यालेन्ट हट को नाममा पद बढुवा गरेर सेवा सुविधा बढाएर अर्को बैकको कर्मचारी ल्याउने नबिल बैंकको रणनीतिमा भने त्यहाँ लामोसमय देखि काम गर्दै आएका कर्मचारीहरुले गुनासो गरेका छन्।   

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबै भन्दा धेरै अर्थात् ३ अर्ब १५ करोड खुद नाफा आर्जन गरेको छ। बैंकमा नेपालका  एक मात्र अर्बपति बिनोद चौधरीको विदेशस्थित एनबि इन्टरनेशनलको ५० प्रतिशत र उनको परिवारका अन्य सदस्यको ४ प्रतिशत शेयर स्वामित्व छ ।  अर्बपति सुचीमा रहेका व्यक्तिको लगानीको बैंकले पनि घरभाडा छुट माग्न दिर्नेशन दिएपछि बैंकको प्रतिष्ठामाथि नै प्रश्न उठेको र आफुहरुले लज्जित भएको बैंक कै कर्मचारीहरुले बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved