एनएमबी बैंकले आईएफसीबाट २५ मिलियन डलर ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 06:56:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आईएफसीबाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ । एनएमबि दुई बर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।


यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुने बैंकले जनाएको छ । उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र आईएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेको बीच हस्ताक्षर भएको छ ।


यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपुर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेे विश्वास बैंकले लिएको छ । बैंकका अनुसार  २५ मिलियन अमेरिकी डलरको यस कर्जा  प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पु¥याउन सदुपयोग गरिनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved