मेगा र गण्डकीको एकिकृत कारोबार असार २१ बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 03:31:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र गण्डकी विकास बैंकको एकिकृत कारोबार आगामी असार २१ गते आइतबारबाट सुरु भएको छ । मेगाले गण्डकीलाई गाभेपछि मेगा बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । 

मेगाले गण्डकीलाई १ः१ को स्वाप रेसियोमा गाभेको हो ।  प्राप्ति पश्चात मेगाको शाखा सञ्जाल  ५८ वटा जिल्लामा फैलन छ ।  गण्डकीलाई प्राप्ति गरेपछि मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड, निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा बढी हुने भएको छ । त्यस्तै मेगाको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुने छ ।  

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved