सानिमा बैंकका ग्राहकलाई आईएमएस ग्रुपमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 01:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  का ग्राहकले आईएमएस ग्रुपबाट सामान खरिद गर्दा छुट पाउने भएका छन् । बैंक र आईएमएस ग्रुपबीच सामान खरिख गर्दा छुट प्रदानगर्ने सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाएका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहकले कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबारमलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी विभिन्न सामान खरिद गर्दा ५ प्रतिशत छुट पाउनेछन् । ग्राहकले उक्त स्टोरबाट ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् आदि खरिद गर्दा उक्त छुट प्राप्तगर्न सक्ने बैंकले जनाएको छ । साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी सेवा पनि उपलब्ध गरेको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरेका थिए ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved