रोयल रेमिटबाट पठाएको रकम सनराइज बैंकबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 11:20:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  र रोयल रेमिटबीच अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार अष्ट्रेलियाबाट नेपालमा रोयल मार्फत पठाएको रकम सनराईजबाट भुक्तानी गर्न सकिने भएको छ । यसरी रोयल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको जनाइएको छ । 

रोयल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिने बैंकले जनाएको छ । साथै बैंक खातावालाको हकमा भने उक्त सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त रहेका जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved