एनआईसीले दियो ऋणीलाई ब्याज छुट, कसरी पाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 08:01:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले कर्जा लिएका सम्पूर्ण ग्राहकलाई ब्याजदरमा छुट दिने योजना ल्याएको छ ।  बैंकले विद्यामान ब्याजदरलाई घटाई ९.९९ प्रतिशत कायम गरेको हो । 

जस अनुसार बैंकले  २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै चुक्ता गरेमा साउन १ गते देखि लागु हुने गरि ऋणको ब्याज ९.८९९ प्रतिशत कायम गरिने जनाएको हो । श्रावण एक गतेबाट लागुहुने उक्त योजनाको लाभ लिनको लागि अब आठदिन भित्र सबै सावाँ र ब्याज चुक्ता गर्नुपर्ने बैंकले जनाएको छ। 

बैंकका अनुसार असार मसान्तसम्म चुक्ता गर्नु पर्ने सबै रकम चुक्ता गरेमा श्रावण एकबाट लागुहुने उक्त योजनाको फाइदा लिन सकिन्छ । बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved