प्रभु बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन, यसरी लिनुस् नयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 06:14:29 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रभु बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन भएको छ । बैंकको  बैंकिङ सफ्टवेर प्रतिस्थापन गर्ने कार्य सकिएको र त्यस क्रममा साविकको खाता नम्बर परिवर्तन बह्येको बैंकले जनाएको हो  ।

खाता परिवर्तन भएसंगै बैंकले नयाँ खाता नम्बर लिन ग्राहकलाई आग्रह गरेको छ  । मोवाइल बैंकिङ सेवा लिएका ग्राहकहरुलाई नयाँ खता नम्बर एसएमएस मार्फत उपलब्ध गराईने र अन्य ग्राहकहरुले अनुकुल भएका जुन सुकै शाखाबाट पनि खाता नम्बर लिन सक्ने ब्यबस्था गरिएको बैंकले जनाएको छ ।

खाता नम्बर लिन अनुकुल नभएमा तत्कालका लागि पुरानै खाताबाट समेत कारोबार गर्न सकिने बैंकले प्रष्ट पारेको छ। बैंकले हाल प्रयोग गर्दै आएको सफ्टवेयर प्रतिस्थापन गरी नयाँ सफ्टवेयर जडान गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved