सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 03:00:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन्स बैंक Citizens Bank International Limited को ऋणपत्र सुचिकृत भएको छ । बिहिबार नेप्से र कम्पनी बीच ऋण सूचीकरण समबन्धि सम्झौता भएको हो  । 

सम्झौतामा  बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका हुन् । यस सँगै बैंकको २ अर्ब ५० करोड बराबरको ऋणपत्र (१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६) सूचिकृत भएको हो । 

सम्झौतासंगै अब उक्त ऋणपत्र नेप्से मार्फत कारोबार गर्न सकि बैंकले जनाएको छ । बैंकका अुनसार २ अर्ब ५० करोड रुपैयाँ बराबरको एक हजार अंकित मूल्यका २५ लाख कित्ता शेयर गत फागुन २० गतेदेखि  चैत चार गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । खुल्ला गरीएको सम्पूर्ण ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ ।

बैंकले सहयोगी विकास बैंक लाई प्राप्ति गरी २० गतेबाट एकीकृत कारोबार सञ्चालन गरीसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ भने चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुगेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved