गभर्नरले भने 'साँवा र ब्याजको टेन्सन नलिनुस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 04:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणको सावाँ र ब्याज तिर्ने विषयमा तनाव नलिन आग्रह गरेका छन् । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उचित ब्यबस्था गर्ने भएकोले उनले कसैले पनि तनाव नलिन आग्रह गरेका हुन् । 

नेपाल राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीति संकलन कार्यक्रममा गभर्नर अधिकारीले यस विषयमा 'टेन्सन' लिनु पर्ने कारण नभएकोले नआत्त्तिन आग्रह गरेका हुन्  ।  यद्यपि उनले ऋणको सावाँ र ब्याज तिर्न सक्नेले असार मसान्त भित्रै तिरी सक्नु पर्ने बताएका छन् ।  उनका अनुसार यो समयमा  तिर्न नसक्नेहरुको लागि आगामी मौद्रिक नीतिले उचित ब्यबस्था गर्ने छ । तिर्न नसक्नेलाई 'रीस्ट्रकचर, रीसेड्युल र मोराटोरियम' लगायतका उपयुक्त माध्यमबाट सहुलियतका ब्यबस्था हुने उनले बताए । 

कोरोना महामारीको असर सबै तिर परेकोले सबै सुरक्षित रहनु पर्ने तर बैकिङ सिस्टम नै मरेको खण्डमा अरु नचल्ने भएकोले पहिला कसलाई सुरक्षित बनाउने विषय महत्वपूर्ण रहेको उनले बताए । उनले हुने 'सुरक्षित हुने निश्चित क्रम रहेकोले सोहि अनुसारको मौद्रिक नीति आउँछ' । 

उनले सुधारको संकेत देखिन थालिसकेको बताउदै नआत्तिन र सहज रुपमा आफ्नो ब्यापार ब्यवसायलाई जारि राख्न आग्रह गरेका हुन्। उनले सबै वर्गलाई लक्षित गर्दै सोचेभन्दा पनि पर पुगेर मौद्रिक नीति ल्याईने बताएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved