नबिलले गर्यो 'डिजी बैंक'को सुरुवात, डेबिट र क्रेडिट कार्डहरु पनि अनलाईनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 02:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले नयाँ पुस्तालाई लक्षित गर्दै 'डिजी बैंक' बैंक अर्थात् डिजिटल बैंकिङको सुरुवात गरेको छ । बैंकको ३६ औ वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले 'डिजी बैंक' को घोषणा गरेका हुन् 

बैंकिङको भविष्य मात्र डिजिटल नभई वर्तमान पनि डिजिटल बनाउनु पर्न भएकोले वर्तमान मै बैंक डिजिटलमा जान लागेको सीईओ शाहले बताए । उनले यो  बैंक बैंकभित्रको पनि बैंकको रुपमा रहने र यसको लागि ७२ जना कर्मचारी नियुक्त गरिएको बताए । बैंकले डिजी बैंकको प्रमुखमा निरज  शर्मालाई नियुक्त गरेको छ भने चिफमा बिनय कुमार रेग्मीलाई नियुक्त गरेको छ । बैंकले हुवावेसँग सहकार्यमा डीजी बैंकको शुरुवात गरेको हो ।

बैंकले ३६ वर्षसम्म पुरानो पुस्तालाई ढुक्क बनाएको र अब नयाँ पुस्तालाई ढुक्क बनाउन बैंकले डिजिटलमा जाने निर्णय गरेको सीइओ शाहले बताए  । यस अन्तर्गत बैंकले सबै काम ग्राहकले घर बाट नै गर्न सक्ने प्रविधिको विकास गर्ने र ग्राहकलाई बैंकमा आउनै नपर्ने ब्यबस्था गर्ने बैंकले जनाएको छ।  बैंकले अहिलेको बैंकिङलाई पूर्णरुपमा डिजिटलमा लैजाने जनाएको हो । 

डिजी बैंकका चिफ रेग्मीले आगामी दिनमा  डेविट र क्रेडिट कार्ड पनि अनलाइनमार्फत नै उपलब्ध गराउने बताए  । चीनमा विच्याटबाट मोबाइलको माध्यमबाट नै सबै काम भएजस्तै नेपालमा पनि एउटै मोबाइलबाट सम्पूर्ण बैंकिङ समबन्धि काम हुने प्रविधि विकास हुने जनाए । 

 डिजिटल कारोबार गर्न ग्राहकलाई पनि प्रोत्साहन गरिने र डिजिटलमा  जाँदा खर्च कम हुने भएकोले त्यसको फाइदा ग्राहकले पनि पाउने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved