माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नायिका स्वेता खड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 01:41:45 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले आफ्नो ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले हस्ताक्षर गरेका छन् । खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास लिएको बैंकले जनाएको छ।

बिस बर्ष लामो इतिहास बोकेको बैंकसंग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुनपाउँदा आफुलाई खुसि लागेको नायिका खड्काले  प्रतिक्रिया दिएकी छिन्। आगामि दिनमा बेंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने नायिका खड्काले प्रतिबद्धता व्यक्त गरिन् । 

बैंकले हाल आफ्ना १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम तथा १ हजार भन्दा बढी पिओएस मार्फत बैंकिङ सेवा प्रदान गरीरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved