सहुलियत कर्जा अन्तर्गत बैंकहरुले ५५ अर्ब उठाउन बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 08:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank
बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत कर्जा अन्तर्गत प्रदान गरेको ऋण मध्ये ५५ अर्ब उठाउन बाँकि रहेको छ  । २०७७ जेठ मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २३,३१८ ऋणीको ५१ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो । यस्तै, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ५,८३९ ऋणीको ४ अर्ब ७ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको हो ।

यस्तै राष्ट्र बैंकले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७७ जेठ मसान्तमा ११ अर्ब ८२ करोड लगानीमा रहेको जनाएको छ । यस अन्तर्गत साधारण पुनरकर्जा  ९ अर्ब ९९ करोड र निर्यात पुनरकर्जा रु.२२ करोड २ लाख उपयोग भएको छ ।

 भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७७ जेठ मसान्तमा १ अर्ब ६१ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved