बैंकको नाफा बढ्नेगरि मौद्रिक नीति, लाभांशमा नगद दिन कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 12:07:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज ल्याउन लागेको यस आर्थिक बर्ष २०७७-७८ को मौद्रिक नीतिमा बैंकको आम्दानी बढ्ने व्यवस्था गरेको छ। कोभिड १९ का कारण असार मसान्तसम्म किस्ता तिर्न अवसर दिएको राष्ट्र बैंकले असोज मसान्तसम्मको किस्ता गत आर्थिक बर्षको ब्यालेन्स सिटमा जोड्न पाउने व्यवस्था गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

असोज मसान्तसम्म उठेको पैसा  गत आर्थिक बर्षको ब्यालेन्स सिटमा देखाउन पाउने व्यवस्थाले बैंकको नाफा बढ्नेछ। यसले बैंकहरुको लाभांश क्षमतासँगै उसले तिर्नुपर्ने राजश्वको आकार पनि बढाउनेछ। 

यद्दपी मौद्रिक नीति मार्फत लाभांशमा नगद वितरण गर्नमा कडाई गरिएको छ। बैंकहरुले ३० प्रतिशत भन्दा बढी नगद लाभांश बाड्न पाउनेछैन तर बोनस सेयर वितरणमा भने कुनै रोक लाग्ने छैन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved