नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा पहिरोका घाइतेलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 04:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले भारी वर्षाको कारण पहिरोमा परी घाइते भएकाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत म्याग्दी जिल्लामा पहिरोबाट गम्भीर घाइते भएकाहरूलाई सहयोग गरेको हो । 

बैंंकले पहिरोमा परी घाइते भएकाहरुका लागि २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेको जनाएको छ । बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाले जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई उक्त सामाग्री प्रदान गरेका हुन् । 

कार्याक्रममा प्रहरी नायब उपरीक्षक किरणजंग कुँवर र एनआईबीएल जलजला शाखा प्रबन्धक दिलेश अर्यालको पनि उपस्थित रहेको थियो ।

बैंकले उपलब्ध गराएका एउटा पालमा १० जनासम्मले आश्रय लिन सक्ने जनाएको छ । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved