'मौद्रिक नीति एकदमै उत्कृष्ट छ, १० मा १० नम्बर नै दिन्छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 10:54:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर तथा युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले नेपाल राष्ट्र बैंकले शुक्रबार प्रस्तुत गरेको मौद्रिक नीति एकदमै उत्कृष्ट भएको बताएका छन् ।  मिश्रले कोरोना महामारीले सबै क्षेत्रमा पारेको न्यूनीकरण गर्ने तथा सबैलाई राहत दिने गरि मौद्रिक नीतिले आएको यसलाई उत्कृष्ट मान्नू  पर्ने बताएका हुन् । 

ब्याज तिर्ने अवधि थप गरिएको, बैंकलाई सिसिडिमा सहुलियत दिएको, , लघुवित्तलाई राहत प्रदान गरिएको, हाइड्रोलाई विशेष नीति ल्याएको, शेयर लगानीकर्तालाई मार्जिन कर्जा मार्फत सम्बोधन गरिएको, नगद भन्दा बोनस लाभांश बढी पाउने ब्यबस्था भएको र ब्यबसायीदेखि किसानसम्मलाई राहत दिएकोले यो मौद्रिक नीति समय सापेक्ष भएको उनको भनाई छ ।

मिश्रले कठिन समयमा आएको यो मौद्रिक नीतिले सबैलाई समेटेको र समय सापेक्ष भएकोले यसलाई आफुले १० नम्बरमा १० नम्बर नै दिने बताए । उनले यो मौद्रिक नीतिमा कुनै क्षेत्र पनि दुखि हुनु पर्ने अवस्था नरहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved