४५०० ऋणी कालोसुचिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 05:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने चार हजारभन्दा धेरै ऋणी कालोसूचिमा परेका छन् । कर्जा सूचना केन्द्रले आर्थिक बर्ष २०७६/०७७ मा कर्जा चुक्ता नगर्ने चार हजार ६ सय ३६ व्यक्ति तथा कम्पनीलाई कालोसूचीमा राखेको हो ।

केन्द्रले २०७६ मा  फागुन महिनामा सबैभन्दा धेरै ७ सय ८८ व्यक्ति तथा कम्पनीलाई कालोसूचिमा राखेको जनाएको छ ।  त्यस्तै २०७७ बैशाखमा सबैभन्दा कम अर्थात् १ सय १५ कम्पनीलाई कालोसूचिमा राखेको केन्द्रले जनाएको छ । 

केन्द्रले आव २०७५/०७६ मा २ हजार ८ सय ७२ व्यक्ति तथा कम्पनीलाई कालोसूचिमा रोखेको थियो ।  आव ०७५/०७६ को तुलनामा ७६/०७७ मा केन्द्रले एक हजार ७ सय ६४ बढी व्यक्ति तथा कम्पनीलाई कालोसूचिमा राखेको हो । 

केन्द्रका अनुसार विस २०४६ सालदेखि हालसम्म  १८ हजार ३ सय ३९ जना ऋणीलाई कालोसूचीमा राखिएको छ । केन्द्रले बैक तथा वित्तीय संस्थाको सिफारिसमा  ऋण नतिर्ने व्यक्ति तथा कम्पनीलाई कालोसूचिमा राख्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved