तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक सिलवाल पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 08:48:42 PM मा प्रकाशित

laxmi  sunrise bank

 तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन्। बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भई फरार रहेका सिलवाललाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)काे टोलीले पक्राउ गरेको हो ।

बैंकिङ कसुरको मुद्दामा दोषी ठहरगर्दै उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो। त्यसयता उनी फरार थिए ।

उनी २०७० असारमा पनि पक्राउ परेर धरौटीमा छुटेका थिए ।  तत्कालीन किष्ट बैंक र सिद्धार्थ विकास बैंकका सञ्चालकको मिलेमतोमा जम्को प्रकाशनमा गरिएको शंकास्पद लगानीमा सिलवाल तानिएका थिए ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved