हिमालयन बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 03:39:33 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले ग्रामिण क्षेत्रका समुदायिक सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाइ गुणस्तरीय शिक्षाका लागि स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न आर्थिक सहायता प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम संस्थाकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई  हस्तान्तरण गरेका हुन् । 

बैंकले उक्त संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत पाँच लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । 

संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेकोे छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved