
 2mb (1).gif)
ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई ८.९९५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।
कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेका बैंकले जनाएको छ।
कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ।
यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाख देखि देखि १ करोड सम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।