हिमालयन बैंकद्वारा अस्पताललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 03:07:00 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले काठमाण्डौको माहाराजगंन्जस्थित कान्ती बाल अस्पताललाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरद्वायित्व अन्तर्गत उक्त अस्पताललाई आर्थिक सहयोग गरेको हो । 

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च   प्रबिधियुक्त पानी प्रशोधन प्रणाली र्यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ । यसका साथै उक्त मेशिन मर्मत संभार गर्न बैंकले  एक लाख ४२ हजार ९४५ रुपैयाँ अस्पताललाई प्रदान गरेको जनाएको  छ ।  

कार्याक्रममा बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले मर्मतपछि  उक्त मेसिन अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved