एनआईसी एशिया बैंकमा संचयकर्ताले अनलाइनबाट रकम तिर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 06:11:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited मा कर्मचारी संचय कोषका संचयकर्ताले डिजिटल माध्यमबाट रकम भुक्तानी गर्न सक्ने भएका छन् । बैंक र संचय कोषबीच डिजिटल भुक्तानी सम्बन्धमा सम्झौता भएसंगै संचयकर्ताले डिजिटल माध्यमबाट साँवा तथा व्याज तिर्न सक्ने सुविधा पाएका हुन् ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषका मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् ।

बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूलाई सुविधाको निमित्त किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ । हाल नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने रहेकोमा अब नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

बैंकले ३२६ वटा शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved