
 2mb (1).gif)
कुमारी बैंक Kumari Bank Limited ले विद्यालयलाई जिन्सी सामान सहयाग गरेको छ । बैंकले पाल्पास्थित भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ सहयोग गरेको हो ।
बैंकले कोरोना महामारीको परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै उक्त सामाग्री सहयोग गरेको जनाएको छ ।बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि यादव बहादुर रायमाझीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
बैंकले २०३ शाखा, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिदै आइरहेको छ ।