मास्क वितरण गर्दै सम्पन्न भयो संघको वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 07:11:23 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३१औं वार्षिकोत्सव कार्याक्रम वृक्षारोपण र मास्क वितरण गरेर सम्पन्न गरेको छ । कार्यक्रममा संघका अध्यक्ष हेमराज सुवेदी, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायण प्रसाद सुवेदी, संघका पूर्व अध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गरेका थिए । 

बैंकको केन्द्रीय कार्यालयमा भएको कार्याक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठे वृक्षारोपण गरेका थिए । त्यस्तै भने शाखा कार्यालय दरबारमार्ग परिसरमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दीनेश न्यौपानेले पनि संयुक्त रुपमा वृक्षारोपण गरेको संघले जनाएको छ । त्यस्तै प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षारोपण गरिएको थियो भने बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको संंघले जानकारी दिएको छ । 

वार्षिकोत्सवको कार्यक्रममा सघंका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशी, उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, महासचिव लक्ष्मीप्रसाद पाण्डेय, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल लगायत संघका कार्यकारीणी, केन्द्रीय समिति, क्षेत्रीय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्धेश्यले २०४७ श्रावण ६ गते स्थापना भएको थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved