जहिले तिरेपनि ब्याजदरमा २ प्रतिशत छुट, सुविधा नदिने बैंकलाई कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 08:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ब्याजमा दिईएको छुटबारे स्पष्ट पारेका छन्। राष्ट्र बैंकले चैत मसान्तसम्म ब्याजमा १० प्रतिशत छुट र बैशाख देखि असारसम्म दिईएको ब्याजदरमा २ प्रतिशत छुट बारे स्पष्ट पारेका हुन्। 

राष्ट्र बैंकले चैत १६ गते र बैशाख १६ गते ल्याएको ब्याजमा छुटबारे अहिलेपनि कतिपयमा अन्यौल रहेको भन्दै डेपुटी गभर्नर शिवाकोटीले यससम्बन्धमा पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा स्पष्ट पारेका हुन्। 

चैत मसान्तसम्म किस्तावाला कर्जालाई ब्याजमा १० प्रतिशत छुट दिईएको तर ओभरड्राफ्ट प्रकृतिका कर्जामा यस्तो छुट नभएको उनले बताए। यदि कसैले चैत मसान्तसम्म आफुले तिर्नुपर्ने सम्पूर्ण कर्जा तिरेको अवस्थामा उसलाई कुल ब्याजमा १० प्रतिशत छुट दिइएको उनको भनाई छ। 

डेपुटी गभर्नर शिवाकोटीकाअनुसार यदि कसैले चैत मसान्तसम्म तिर्नु पर्ने कर्जाको सम्पूर्ण रकम २० हजार छ भने उसलाई १० प्रतिशत छुट अर्थात २००० छुट हुन्छ। त्यस्तै राष्ट्र बैंकले ब्याजदरमा दिइएको २ प्रतिशत छुट ब्याजको दरमा भएकाले यो छुट ऋणीले जहिले तिर्दा पनि पाउने उनले स्पष्ट पारेका छन्। 

राष्ट्र बैंकले बैशाख १६ गते ल्याएको ब्याजदरमा २ प्रतिशत छुट ऋणीले जहिले कर्जा तिर्दा पनि उसले २ प्रतिशत छुट पाउने डेपुटी गभर्नर शिवाकोटीले बताए। ऋणीले जहिले कर्जा तिर्दा पनि उसले तिर्ने ब्याजको दरमा २ प्रतिशत छुट पाउँछ, यदि कसैले यो छुट पाएको छैन छुट नदिने बैंकलाई कारबाही हुन्छ उनले बताए। 

साउनदेखिको ब्याजमा कुनै छुट नभएको उनले बताएका छन्। राष्ट्र बैंकले बिभिन्न उपकरण प्रयोग गरेर ब्याजदर सस्तो बनाएकाले राष्ट्र बैंकले कुनै छुटको व्यवस्था नगरेको उनको भनाई छ। 

लघुवित्तले लिने ब्याजको दरलाई १८ बाट १५ प्रतिशतमा झारेको, बैंकले लिने कमिशनलाई ०,७५ प्रतिशतमा झारेको, बैंकले लघुवित्तसंग लिने कमिशनलाई ०,५ प्रतिशतमा झारेको, स्प्रेड दर ४.४ प्रतिशत कायम गरेको लगायतका व्यवस्थाले अब ब्याजदर घट्न थालेको उनको भनाई छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved