फेरियो राष्ट्र बैकका बिभाग र कार्यालयको नाम, बैंकिङ कार्यलय अब बिभागमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 09:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले केहि बिभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ। साउन १ देखि लागू हुनेगरी सात वटा बिभाग तथा कार्यालयको नाम गभर्नरस्तरीय निर्णयबाट परिवर्तन गरिएको राष्ट्र बैकले जनाएको छ। 

साबिकको सामान्य सेवा बिभागको नाम परिवर्तन गरि सम्पति तथा सेवा व्यवस्थापन बिभाग राखिएको छ भने अनुसन्धान बिभागको नाम परिवर्तन गरि आर्थिक अनुसन्धान बिभाग राखिएको छ। 

त्यस्तै सूचना प्रविधि विभाग महाशाखामा परिणत भएको छ भने बैंकिङ कार्यालय बैंकिङ बिभागमा परिणत भएको छ। उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालय राखिएको छ। 

त्यस्तै लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग नामाकरण गरिएको छ भने संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग भएको छ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved