सनराईज बैंकद्वारा ९.९५ प्रतिशत मै कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 02:21:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंक Sunrise Bank Limited  ले “सनराईज सरल एसएमई कर्जा” ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा दिने भएको छ । उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको हो ।

जस अन्र्तगत ग्राहकले एक करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नुका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन् सक्ने जनाएको छ । बैंकले साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाएको छ । 

उक्त सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्ने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved