२ दिन बाणिज्य बैंकका यी शाखाका सबै सेवा बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 10:56:42 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार र शनिबार रष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा तथा एटीएमहरु बन्द हुने भएका छन् । शुक्रबार ३ बजेदेखि शनिबार ४ बजेसम्मकालागि विभिन्न शाखा कार्यालयबाट हुने सबै प्रकारका बैंकिङ्ग सेवाहरु बन्द हुने भएका हुन् । 

बैंकको काठमाडौँस्थित मुख्य शाखा कार्यालय विशालबजार, धुलिखेल शाखा कार्यालय र धनगढी शाखा कार्यालयबाट हुने खाता तथा एटीएम, मोबाईल बैंकिङ्ग, इन्टरनेट  बैंकिङ्ग, कनेक्ट आइपीएस लगायत सम्पूर्ण बैंकिङ्ग सेवा बन्द रहने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार कोर बैंकिङ्ग सफ्टवेर अपग्रेड कार्य गर्नुपरेकाले उक्त सेवाहरु बन्द गर्नुपरेको हो ।  

यसका साथै उक्त कार्यालयमा खाता भएका ग्राहकको खाता नम्बर समेत परिवर्तन हुने बैंकले जनाएको छ । नयाँ खाता नम्बर लिनको लागि सम्बन्धीत कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । तर मोबाईल बैंकिङ्ग सेवा लिएका ग्राहकलाई भने बैंकले नयाँ नम्बर एसएमएस गरीदिने जनाएको छ । 

यस्तै उक्त समयमा धर्मपथ, न्युरोड गेट, महानगरीय प्रहरी परीसर रत्नपार्क, भक्तपुर र धनगढीका एटीएमहरु बन्द रहने बैंकले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved