एभरेष्ट बैंकमा ९.५५ प्रतिशत मै गाडी कर्जा, त्यो भन्दा सस्तोमा घर कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 12:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  ले ८.२५ प्रतिशत मै घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले सार्वजनिक गरेको ’चाडपर्व विशेष कर्जा योजना‘अन्तर्गत ग्राहकले ८.२५ प्रतिशत मै घर कर्जा पाउने भएका हुन् । 

योजना अन्तर्गत बैंकले अन्य विभिन्न कर्जाको ब्याजदर सार्वजनिक गरेको छ । जसमध्ये ८.२५ प्रतिशतमा साना तथा मझौला उद्योग कर्जा, ९.५५ प्रतिशतमा गाडी कर्जा र १०.५५ प्रतिशतमा मोटरसाइकल कर्जा सार्वजनिक गरेको होे । यस्तै बैंकले ब्यक्तिगत कर्जाको ब्याजदर सार्वजनिक गरेको छ । ब्यक्तिगत कर्जाकोलागि ९.५५ प्रतिशत ब्याज लाग्ने बैंकले जानकारी दिएको छ । 

बैंकका अनुसार उक्त योजना अन्तर्गत कर्जा लिनको लागि साउन १५ गते देखि कर्तिक १४ गतेसम्मको समय अवधी बैंकले तोकेको छ । उक्त योजना अन्तर्गत कर्जा लिदा ०.५० प्रतिशत प्रसासनिक शुल्क लाग्ने छ । त्यस्तै सो योजना अन्तर्गत कर्जा लिने ग्राहकलाई क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट गरीएको बैंकले जानकारी दिएको छ । 

बैंकले ९५ शाखा, प्रादेशिक कार्यालय र १२४ एटीएममार्फत सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved