सनराइज बैंकका सीइओ शर्माले राजिनामा दिएकै हुन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 03:05:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएको भन्ने समाचार निराधार रहेको जनाएको छ । केहि संचारमाध्यममा बैंकका सीइओ जनक शर्मा पौड्यालले राजिनामा दिएको समाचार प्रकाशित भएपछि बैंकले त्यसको खण्डन गरेको हो 

बैंकका चिफ म्यानेजर ईश्वर कुमार पाठकले सीइओले राजिनामा नदिएको र बाहिर आएका समाचार कुनै सत्यता नभएको बताएका हुन् । 

पौड्याल गत वर्ष मात्र ४ वर्षको लागि बैंकको सीइओमा नियुक्त भएका हुन् । पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालि सकेका छन्। उनले १९८७ मा नबिल बैंकमा इन्ट्रि लेभल मार्फत आफ्नो करियर सुरु गरका हुन् । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच वर्ष काम गरे पश्चात फेरी लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न त्यहाँ   गएका थिए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि बेलायत गएका थिए । बेलायतबाट एमबिए गरेका पौड्यालले त्यहाँको बैंकमा पनि ४ बर्ष बढी काम गरे। 

बेलायतबाट फर्के लगत्तै पौड्यालले तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरे । उनी महाप्रबन्धकबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै उनी ग्लोबल आइएमई बैंक को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका थिए ।  ग्लोबल आइएमइ बैंकमा २ वर्ष कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएका थिए । त्यसपछि उनी सनराइज आएका हुन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved