सनराइज बैंकको नयाँ योजना: सिंगल डिजिटमै सेयर कर्जा, ४० बर्षे घर कर्जा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 12:49:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । बैंकले ८.९५ ब्याज दरमा घर कर्जा तथा ९.९५ प्रतिशतमा शेयर धितो कर्जा योजना ल्याएको हो ।

बैंकका अनुसार ग्राहकले ४० वर्षसम्मको अवधिका लागि घर जग्गा कर्जा लिन पाउनेछन् । कोरोनाले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यस्तो योजना ल्याएको जनाएको छ ।

उक्त कर्जा योजना बैंकको देशभर फैलिएर रहेका १३४ वटै शाखाबाट लिन सक्ने जनाइएको छ । सिमित अवधिको लागि ल्याइएको उक्त योजनाबाट लाभ लिन बैंकले सबै पक्षहरुबाट अपेक्षा गरिएको जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved