माछापुच्छ्रे बैंकमा संचयकर्ताले अनलाइनबाट रकम तिर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 11:57:42 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकमा Machhapuchchhre Bank Limited  मा कर्मचारी सञ्चय कोषका सञ्चयकताले कनेक्ट आइपीएस मार्फत साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने भएको छन् । बैंक र कोषबीच भुक्तनी सम्बन्धमा भएको सम्झौतासंगै सञ्चयकर्ताले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौतामा बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा सञ्चयकोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका सञ्चयकोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्र्तगत संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्ने बैंकले जनाएको छ । 

बैंक १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल, १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved