सेयर धितो सहित ४ प्रकारको कर्जामा तोकियो सिलिङ, अब भनेजति कर्जा लिन नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 05:53:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा कर्जामा सिलिङ तोकेको छ। राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा (ओभरड्राफ्ट),  धितो कर्जा , सम्पत्ति कर्जा , व्यक्तिगत आवधिक कर्जा र सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत कर्जाहरुमा सिलिङ तोकेको हो  । 

यो प्रकृतिको कर्जाहरु अब एक व्यक्तिले ५० लाख भन्दा  बढी लिन पाउने छैनन् ।   राष्ट्र बैंकले सोमबार निर्देशन जारि गर्दै यस्तो ब्यबस्था गरेको हो । यदि सो सीमा भन्दा बढी कर्जा प्रवाह भएको खण्डमा ०७९ असार मसान्तभित्र क्रमिक रुपमा तोकिएको सीमाभित्र ल्याइसक्नु पर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । 

तर, बैंक तथा वित्तीय संस्थाले आफ्नै मुद्दती निक्षेप रसिद, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न, र शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न भने व्यवस्थाले रोक्ने छैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved