यस्ता छन् कोरोनाबाट मध्यम प्रभावित क्षेत्रले पाउने बैंकिङ सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 06:51:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट प्रभावित उद्योगहरुको बर्गिकरण गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्नसक्ने असर तथा उद्योग व्यवसायको पुनरुत्थानमा लाग्नसक्ने समय आदिको अध्ययनका आधारमा प्रभावित क्षेत्रहरुलाई वर्गीकरण गरेको जनाएको हो  

राष्ट्र बैंकले उद्योगहरुलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी ३ भागमा बर्गिकरण गरेको हो  राष्ट्र बैंकले प्रभावित  उद्योगहरुलाई विभिन्न छुट तथा सहुलियत दिएको छ  

जस अनुसार मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ त्यस्तै मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना  सम्मका लागि ग्रेस अवधि थप गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । 

यो पनि : 

 कुन क्षेत्र कुन वर्गमा पर्यो हेर्न यहाँ क्लिक गर्नुहोस् 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved