अबदेखि थपिएको कर्जाबाट सावाँ ब्याज उठाउन नपाइने, बैंक र ग्राहकलाई यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 07:59:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ऋणीलाई थप ऋणको भार बोकाउन नपाउने गरि कार्यविधि ल्याएको छ। बैंकहरुले चालू पुंजीमा २० प्रतिशत थपेर कर्जा प्रवाह गर्ने व्यवस्थाको दुरुपयोग गरेपछि राष्ट्र बैंकले कार्यविधि मार्फत त्यसमा कडाई गरेको हो। 

राष्ट्र बैंकले चालु पुंजीमा २० प्रतिशत थपेर प्रवाह गरिएको कर्जा बक्यौता सावाँ ब्याज असुलमा प्रयोग नगर्न बैंकहरुलाई निर्देशन दिएको छ। यसअघि अधिकांश बैंकहरुले चालू पुंजीको २० प्रतिशत थप कर्जा प्रवाह गरेपनि उक्त कर्जा बक्यौता सावाँ ब्याज असुलमा प्रयोग हुँदा व्यवसाय गर्न व्यवसायीले घरमा पैसा लैजाने बाटो बन्द भएको थियो। 

तर राष्ट्र बैंकले निर्धारण गरेको कोरोनाबाट अति प्रभावित उद्योग तथा व्यवसायीहरुको ह्कमा चालू पुंजीको २० प्रतिशत भन्दा थप कर्जा दिनलाई यो व्यवस्थाले नरोक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

यसरी लिइएको कर्जालाई ऋणीले पनि आफूखुसी खर्च गर्न नपाउने भएको छ। यस्तो थप कर्जा उत्पादनलाई निरन्तरता, कच्चा पदार्थ खरिद गर्ने, कर्मचारीलाई तलब खुवाउने जस्ता कार्यका लागि मात्र खर्च गर्न पाइनेछ। यस्तो कर्जाको भुक्तानी अवधि एक बर्षको मात्र हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved