मर्जरमा जाने बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले दियो यस्तो सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 08:24:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुबीचको मर्जरलाई प्रोत्साहन हुने नीति ल्याएको छ। चालू आर्थिक बर्षको मौद्रिक नीतिमा भएको व्यवस्थालाई थप स्पष्ट पार्ने उदेश्यले ल्याइएको कार्यविधिमा बैंकहरुबीचको मर्जरलाई प्रोत्साहन गरिएको हो। 

मर्जरलाई प्रोत्साहन गर्नलाई राष्ट्र बैंकले २०७८ असार मसान्तभित्र गाभ्ने गाभिने तथा प्राप्त प्रकृया सम्पन्न गरि एकीकृत कारोबार गर्ने बैंक वित्तीय सँस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एकपटकका लागि उमेरहद नलाग्ने व्यवस्था गरेको छ। 

यसअघि ६५ बर्ष नाघेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत हुनलाई रोक लगाइएको थियो भने ६९ बर्ष नाघेको व्यक्ति पदमा बहाल रहन नपाउने व्यवस्था थियो। तर नयाँ व्यवस्थाअनुसार तोकिएको अवधिमा एकीकृत कारोबार गर्ने बैंकका सीईओमा एक पटकको लागि उमेर हद लाग्ने छैन। 

त्यस्तै कार्यविधि मार्फत राष्ट्र बैंकले २०७८ असार मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंक वित्तीय संस्थाका संचालक, सीईओ तथा नायब प्रमुख कार्यकारीलाई कुलिङ पिरियड लागू नहुने व्यवस्था गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved