‘क्रस होल्डिङ’ का बैंक मर्जरमा जानैपर्ने, यी १० बाणिज्य बैंकमाथि दबाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 09:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  एकै समुह तथा व्यक्तिको स्वामित्व ९क्रस होल्डिङु  भएको बाणिज्य बैंकहरुलाई मर्जरमा जानलाई निर्देशन दिने भएको छ। राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनका लागि आज जारी गरेको एकीकृत निर्देशनमा क्रस होल्डिङ भएका बाणिज्य बैंकलाई यस्तो निर्देशन दिने उल्लेख गरेको हो। 

पहिले बैंकहरुलाई बिभिन्न सेवा सुविधा र छुट दिएर मर्जरमा जान प्रोत्साहन गर्ने र त्यसले पनि नभए कम्तिमा पनि एकै समुह  वा व्यक्तिको स्वामित्व भएका बैंकलाई मर्जरमा जान बाध्य पारिने एकीकृत निर्देशनको आशय देखिन्छ।  

निर्देशनमा भनिएको छ, ‘एउटै व्यक्ति र समूहद्वारा प्रबद्र्धन गरिएको एकाघर परिवार एवं व्यावसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व र नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकहरुलाई एक आपसमा गाभ्न र गाभिन निर्देशन दिइने छ ।’


एकीकृत निर्देशनले कम्तिमा क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरको लागि बाध्य पार्ने देखिन्छ। यदि क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरका लागि बाध्य पारियो भने केहि बैंकहरु तत्कालै मर्जरमा जाने देखिन्छ। 

क्रस होल्डिङ भएकालाई मर्जरमा जान बाध्य पारियो भने एनएमबि र एनआईसी एशिया, नेपाल बंगलादेश र एनसीसी, हिमालयन र एनआईबिएल, लक्ष्मी र सिद्दार्थ तथा सिटिजन र सिभिल बैंक तत्कालै मर्जरमा जाने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved