राष्ट्र बैंकका कर्मचारीलाई टिकटक बनाउनदेखि लेख प्रकाशनमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 02:51:00 PM मा प्रकाशित

laxmi bank sanima

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुलाई विभिन्न क्रियाकलापमा रोक लगाएको छ । बैंकले कर्मचारीलाई सामाजिक सञ्चाल प्रयोगमा, आफुखुसि लेख प्रकाशनमा र वेबिनारमा भाग लिन रोक लगाएको हो । 

राष्ट्र बैंकका कर्मचारीहरुले राष्ट्र बैंकको कर्मचारी नियमावली विपरीत सरकार र बैंकको विरुद्ध विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्चालमा लेख लेखेको, बिना जानकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुले आयोजना गरेको वेबिनारमा भाग लिएको भन्दै यस्ता कार्य नगर्न कर्मचारीहरुलाई सचेत गराएको हो । बैंकले ए जनशक्ति ब्यवस्थापन विभागको स्वीकृति बेगर यस्ता कार्य नगर्न निर्देशन दिएको हो । 

यस्तै कर्मचारीले कार्यकक्षमा टिकटक बनाउने गरेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता कार्यहरु गरेको पाइएमा कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved