सिटिजन्स बैंकले एकल अंक मै घर कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 03:37:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले दुई कर्जा योजना सार्वजनिक गरेको छ ।  बैंकले ‘सिटिजन्स घर कर्जा योजना’ र  व्यक्तिगत कर्जा र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना सार्वजनिक गरेको हो । 

बैंकका अनुसार घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा, घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्नेछन् । २५ वर्ष सम्मको समयावधि भएको उक्त कर्जा लिन बैंकमा काजगात पेश गरीएको ३ दिनमा नै निर्णय हुने बैंकले जनाएको छ । बैंकका अनुसार घर कर्जा लिने ग्राहकले क्रेडिट कार्ड नि:शुल्क रुपमा पाउने छन्  ।

त्यस्तै बैंकले साना तथा मझौला व्यवसायीहरुका लागि ९.५० प्रतिशतमा र सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजमा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार ग्राहकले सम्पूर्ण शाखाहरुबाट यी कर्जा सेवा लिन सक्ने छन् ।

बैंकले १०९ वटा शाखा, ९८ वटा एटिएम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved