सनराइज बैंकको विवाद समाधान, यस्तो भयो सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 08:17:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  मा संचालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतबिच देखिएको विवाद समाधान भएको छ ।  बिहिबार मध्यान्ह बसेको संचालक समितिको बैठकले विवाद समाधान गरेको बैंक स्रोतले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दिएको स्पष्टीकरण चित्तबुझ्दो भएकोले सीइओमा उनलाई नै निरन्तरता दिने गरी सहमति भएको स्रोतले जनाएको छ ।  स्रोतका अनुसार सीइओमा शर्मालाई नै निरन्तरता दिने र कुनै पनि पक्षले यस विषय पुन: उठान नगर्ने र दुवै पक्ष मिलेर अगाडी बढ्ने गरी सहमति भएको हो । 

यस अघि नेपाल राष्ट्र बैंकले विवाद मिलाएर अगाडी नबढे बैंकमा हस्तक्षेप गर्ने चेतावनी दिएको थियो। राष्ट्र बैंकले हस्तक्षेपको चेतावनी दिएपछि बैंकले आन्तरिक रुप मै विवाद समाधान गरेको हो ।  

यस अघि :

सनराइजका संचालकलाई राष्ट्र बैंकको चेतावनी: मिलेर आउनुहोस् नत्र हस्तक्षेप गर्छौं



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved