नेपाल इन्भेस्टमेन्ट बैंकले पायो ' दक्षिण एसिया कै सर्वश्रेष्ठ साझेदार पुरस्कार '

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 31, 2020 | 02:01:08 PM मा प्रकाशित

laxmi bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited ले 'सर्वश्रेष्ठ साझेदार–२०१९ पुरस्कार’ प्राप्त गरेको छ । बैंकले अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत उक्त पुरस्कार पाएको हो । 

बैंकले नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरू, दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको जनाएको छ । 

आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि बैंकसँग साझेदारी गरेको छ जनाइएको छ । जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको जनाएको छ । बैंकका अनुसार आईएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउँछ ।

अन्तर्राष्ट्रिय विकाश संघ, चरम विपन्नताको अन्त्य र साझा समृद्धि बढाउनका लागि निरन्तर संलग्न रहेको बैंकले जानकारी दिएको छ ।  बैंकले ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved