नबिलले पायो ‘नेपालको उत्कृष्ट बैंक’ पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 09:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ (Nepal's Best Bank) को पुरस्कृत पाएको छ । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रो पटक बैंकलाई यो पुरस्कार प्रदान गरेको हो । 

समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ ।  समग्र बैकिङ कार्यसम्पादन मूल्याँकन गरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको बैंकले जनाएको छ । 

सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई  पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved